पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण

200
0
Share:

काठमान्डौ/पछिल्लो २४ घण्टामा देशभर थप १० जनामा कोरोना संक्रमण देखिएको छ । ८४४ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्यामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २२३ पीसीआर परीक्षणमा ६ जना र ६२१ एन्टीजेन परीक्षणमा ४ जनामा कोरोना देखिएको हो ।

 

सो समयाधिमा थप १२ जना कोरोनामुक्त भएका छन् । हाल देशभर १२० जना कोरोना सक्रिय संक्रमित रहेका छन् ।

Share: