बन्द भयो कृषि बिमा

107
0
Share:

काठमान्डौ/निर्जीवन बिमा कम्पनीहरूले कृषि बिमा पोलिसी जारी गर्न बन्द गरेका छन् । नेपाल सरकारले अनुदान रकम नदिएपछि उनीहरूले पोलिसि जारी गर्न बन्द गरेका हुन् ।

 

नेपाल बिमक सङ्घले आगामी जेठ ७ गतेदेखि कृषिसम्बन्धी पोलिसी र दाबी भुक्तानीसमेत नगर्ने निर्णय गरेको छ । नेपालको कृषि क्षेत्रलाई व्यावसायिक बनाउन नेपाल सरकारले कृषि मन्त्रालयको नेतृत्वमा कृषि बिमा सुरु गरेको हो। नेपाल सरकारले ०६९ सालदेखि नै कृषि बिमामा कृषकलाई आकर्षित गर्न अनुदानको व्यवस्था गरेको छ । तर, सरकारले अनुदान रकम भुक्तानी नगरेपछि बिमा कम्पनीहरू दाबी भुक्तानी गर्न असमर्थ रहेको सङ्घको बताएको छ ।

 

बिमा कम्पनीहरूले हालसम्म अनुदानबापत तीन अर्ब रुपैयाँ भुक्तानी नपाएका र सरकारले माछा बिमाको अनुदान रकम ०७७ साल देखि भुक्तानी नगरेको सङ्घले जनाएको छ ।

Share: