संसद बैठकमा जिन्स र टिसर्ट लगाउन प्रतिबन्ध

128
0
Share:

काठमान्डौ/प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिले संसद बैठकमा टिसर्ट र जिन्स लगाउन नपाउने निर्णय गरेको छ । सभामुख, उपसभामुख, कानून मन्त्री सहित दलका प्रमुख सचेतक र मनोनीत सांसद रहने समितिले प्रतिनिधि सभा बैठकमा सांसदहरूले मर्यादित पोसाक लगाउनुपर्ने निर्णय गरेको हो । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिमा पोसाकलाई छलफलको विषय बनाएका थिए ।

छलफलमा सांसदहरूलाई कोट अनिवार्य गर्ने र टिसर्ट र जिन्स लगाउन नमिल्ने निर्णय भएको हो । नेकपा एमालेकी सांसद विद्या भट्टराईले कार्यव्यवस्था परामर्श समितिको सुझावमा सभामुखले पोसाक तोक्न सक्ने व्यवस्था प्रतिनिधि सभाको नियमावलीले गरेको बताइन् ।

 

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले औपचारिक पोसाक अथवा परम्परा, संस्कृति झल्कने पोसाक लगाउने भनेर नियमावलीमा लेखिएको बताए । काँग्रेसकै सांसद नगिना यादवले सभ्य कपडा लगाउने निर्णय भएको बताइन् ।

Share: