
मनिषा महर्जन :- काठमान्डौ/मानिस चेतनशील ,चिन्तनशील प्राणी हो । मानिसलाई आफनो जीवनकालमा करियर, पैसा, प्रेम, साथीभाई, परिवार, शारीरिक रोग जस्ता धेरै कुराहरुले चिन्ता दीई रहेको हुन्छ । मानवीय जीवनमा चिन्ता हुनु स्वभाविक हो । तर जब मानिसले धेरै चिन्ता लिन्छ, उसले आफनो दिमागलाई नियन्त्रणमा राख्न सक्दैन र यसले हामीलाई मानसिक रोगी बनाउँछ त्यो नै डिप्रेसन हो। चिन्ता धेरै लिनाले मानिसलाई डिप्रेसनको सिकार बनाउँछ ।
सामान्य भाषामा डिप्रेसन भन्नाले उदासिनता वा निराशापनको भावनालाई बुझिन्छ । डिप्रेसन एउटा जटिल रोग हो जसले मानिसको भावना र मनलाई मात्र नभएर, यसले मानिसको व्यवहार, काम र पढाईसँगै सम्बन्धमा पनि ठूलो असर गर्दछ ।चिन्ताको गहिरो रुप नै डिप्रेसन हो । यो एउटा मानसिक समस्या हो जसले मानिसलाई वर्षै वर्षसम्म छोड्दैन । यसैगरी डिप्रेसनको हल न त कुनै औषधीबाट संभव छ न त कुनै शल्यक्रिया बाट नै । मानसिक व्यवस्थापन नै डिपे्रसन हटाउने एउटा प्रभावकारी उपाय हो ।
डिप्रेसनमा मुख्यगरी तीन लक्षण हुन्छन् । पहिलोमा दिकदारीपन पर्छ जसमा बिहानदेखि बेलुकासम्म दिक्क लागिरहन्छ । दास्रो लक्षणमा निराशापन पर्दछ जसमा कुनै पनि कुरामा खुशी लाग्दैन । त्यसैगरी तेस्रो लक्षणमा अल्छीपना पर्दछ जसमा व्यतिलाई केही गर्न जाँगर लाग्दैन ।डिप्रेसनबाट बच्न हामीले धेरै तनाव लिनु हुँदैन । तनावलाई आफूमाथि हावी हुन दिनु नै पेनिक अट्याकलाई निम्तो दिनु हो । यसबाट बच्नका लागि मानिसहरूसँग भेटघाट गर्ने, सामाजिक कार्यक्रममा सहभागि हुने, नयाँ नयाँ ठाउँ घुम्ने, र आराम गर्ने समय निकाल्नु पर्दछ ।
आफूले जति सकिन्छ त्यति नै महत्वाकांक्षा राख्ने, परिवारसँग बस्ने, आफ्नो काममा व्यस्त र मस्त रहने बानी गर्नुपर्दछ । यसैगरी हामीले मनमा एउटै कुरा घुमाइरहनु हुँदैन।आफनो मनलाई नियन्त्रणमा राख्नुपर्दछ । कुनै नराम्रो अनुभव मनमा लिइरहँदा त्यसले हामीलाई गहिरो असर गर्दछ । त्यसैले अनावश्यक कुरामा एकोहोरो गहिरो सोचाई गर्नुहुँदैन। साथै हामीले आफनो शारीरिक स्वास्थ्यमा पनि ध्यान दिनुुपर्दछ । हामीले निन्द्रालाई नियमित राख्ने, स्वस्थ खाना समयमै खाने, प्रशस्त पानी पिउने, व्यायाम गर्ने जस्ता बानीको पनि विकास गर्नुपर्दछ ।
यसैगरी धेरै तनाव महसुस भएमा आरामसँग एक ठाउँमा बसेर गहिरो स्वास लिन सकिन्छ । धेरै तनाव हुँदा धुम्रपान तथा मद्यपान सेवन गर्नु हुँदैन । तनावले निन्द्रा नलाँदा औषधीको प्रयोग पनि गर्नुहुँदैन ।साथीभाइहरूसँग प्रसस्त समय बिताउने गर्नुपर्दछ । मनका कुरा साथीहरूमाझ राख्ने बानी एकदमै राम्रो हो । यसैगरी एकान्तमा अर्थात एक्लै बस्ने गर्नुहुँदैन ।
सकरात्मक कुराहरू हेर्ने सुन्ने बानीको विकास गर्नुपर्दछ ।आवश्यक परेको खण्डमा डाक्टरसँग सरसल्लाह र परामर्श पनि लिन सकिन्छ । र आफुमा त्यस्ता खाले लक्षण देखा पर्ना साथ चिकित्सकको सल्लाह दिएर आवश्यक कार्य गरेमा डिप्रेसनबाट बच्न सकिन्छ।