
पुजन धिताल :- काठमान्डौ/सन् १९९० तिर भुटानबाट भारतको बाटो हुँदै नेपालमा आइपुगेका शरणार्थीहरूलाई पूर्वी नेपालको झापा र मोरङका विभिन्न शिविरमा लामो समय सम्म बसेका थिए। नेपालबाट एक लाख १३ हजार भन्दा धेरै भुटानी शरणार्थीहरूलाई विभिन्न आठ वटा देशमा पुनर्वासको सहजीकरण गर्ने गरि कार्य प्रारम्भ गरेको थियो। नेपालबाट करिब झन्डै एक लाख शरणार्थीलाई अमेरिकाले स्वीकार गर्यो र प्रकृया अगी बडाईएको हो ।स्वदेश फिर्तीको पर्खाइमा रहेका एक लाख भन्दा धेरै शरणार्थीहरू नेपाल र भुटानबीच सन् २००३ सम्म भएका १५ चरणका वार्ताले कुनै समाधान दिन नसकेपछि तेस्रो देश पुनर्वास रोज्न बाध्य भएका थिए र सोहि बमोजिम नेपाल सरकाले कार्य अगि बढाएको देखिन्छ ।
पुनर्वास योजना अन्तर्गत अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्यूजील्यान्ड, यूके, डेन्मार्क, नेदरल्यान्ड्स र नर्वेमा अधिकांश शरणार्थीहरूको पुनर्वास भइसकेको छ। नेपालमा बाँकी भएका ६,००० भन्दा बढी शरणार्थीहरू पूर्वी नेपालका बेलडाँगी तथा पथरी-शनिश्चरे शिविरमा बस्दै आएका छन्।तर अहिले तिनै बाँकी शरणार्थीको व्यवस्थापनबारे निर्क्योल हुने क्रममा नीतिगत रूपमै भ्रष्टाचार गरेर नक्कली शरणार्थीहरूको नामावली तयार पारेका भन्ने विवरणसहित सञ्चारमाध्यमहरूमा छरपस्ट भएपछि यस प्रकरणमा पुर्वउपप्रधानमन्त्रि र पुर्व गृहमन्त्रि सहित बहालवाला सचिब र अन्य भ्रस्टाचारमा संलग्नलाई पक्राउ गर्दै अनुसन्धानलाई तिब्र बनाउदै गएको हो ।
नक्कली शरणार्थी प्रकरणलाई लिएर शरणार्थीको सूचीमा नक्कली नामहरू थपेर अमेरिका पठाउने भन्दै रकम असुल गरेको आरोपमा भूतपूर्व गृहसचिव सहित पूर्वगृहमन्त्री सुरक्षा सल्लाहकार , पूर्वऊर्जामन्त्री र उनका छोरा सहित आठ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धानलाई प्रभाबकारी ढंगबाट अगी बढाए पछि यो प्रकरण चौतफी चासोको विषय बन्न पुगेको छ।
नेपालमा रहेका भुटानी शरणार्थीहरूको सामूहिक पुनर्वास कार्यक्रम सन् २०१६ को डिसेम्बर ३१ मा नै सम्पन्न भई सकेको हो। पुनर्वास कार्यक्रम पुन: सञ्चालन नहुने यूएनएचसीआरले जानकारी गराउदै आएको छ।शरणार्थीको तेस्रो देश पुनर्वास कार्यक्रम सम्पन्न भइसकेको र यो विषयको जानकारी समेत निरन्तर गर्दै आएको यूएनएचसीआरले जानकारी गराउदै आएको छ।
कसरि आयो नक्कली शरणार्थी प्रकरणमा उजुरी : अमेरिका पठाई दिन्छुं भन्दै नक्कली शरणार्थी प्रकरणबाट मिलाएर पठाउन खोजिएता पनि नसके पछि पिडितहरुले आफु ठगिएको भन्दै प्रहरीमा उजुरी दिए। विभिन्न जिल्लाका नागरिकबाट पैसा असुल गरेको आरोप लगाउँदै अहिले सम्म एक सय छ जनाले २० वटा उजुरी दिएका छन्।
उनीहरुले कूल २३ करोड २५ लाख ठगी भएको उजुरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। यद्यपि योभन्दा धेरै सङ्ख्यामा पीडित भएको अनुमान गरिएता पनि अन्य व्यक्ति सम्पर्कमा आइनसकेको प्रहरीको भनाई छ।
हाल उजुरीमा उल्लेख भएका व्यक्ति माथि अनुसन्धान जारी रहेको छ। अनुसन्धान गर्दै जादा प्रहरीले संलग्नता भएका यथेस्ट प्रमाण भएपछी मात्र अदालतबाट भिआईपि विरूद पक्राउ पुर्जि जारी गरेको थियो। सोहि अनुरुप हाल सम्म दुई पुर्व मन्त्रि एक सचिब सहित १३ जना कक्राउ परि सकेका छन्।
शरणार्थी प्रकरण हाल सम्म को-को पक्राउ परे ?
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण र हिजो साझ फरार रहेका टोप बहादुर पक्राउ परे संगै यो प्रकरणमा १३ जना पक्राउ परिसकेका छन्।खाँण सहित १२ जनालाई भने हिजो अनुसन्धानका लागि थप चार दिन हिरासतमा राख्न काठमाडौं अदालतले अनुमति पाएको छ ।जिल्ला अदालत काठमाडौंले थप अनुसन्धानका लागि हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थप गरेको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्व गृह मन्त्रि बालकृष्ण खाँण ,नेकपा एमाले सचिब एवं संसद टोप बहादुर रायमाझी उनका छोरा सन्दिप रायमाझी र खाड का स्वकीय सचिव नरेन्द्र केसी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई , केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, टङ्क गुरुङ, सागर थुलुङ राई पक्राउ परेका छन्। पुर्व गृह मन्त्रि राम बहादुर थापा बादलका छोरा र पुर्व सविधान सभा सदस्य समेत रहेका नेपालि काग्रेसका आङटावा शेर्पालाई यस अगि नै प्रहारिले यस प्रकरणमा संलग्न भएको भन्दै पक्राउ पुर्जि जारी गरिसकेको छ।
यस कारण थप चर्चामा छ भुटानी शरणार्थी प्रकरण :
यस प्रकरणमा टोप बहादुर लगायत १३ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ। यस प्रकरणमा बहालवाला सचिब र पटक पटक मन्त्रि भैसकेका मानिस र पुर्व संविधान सभा सदस्य र पुर्व मन्त्रीकै छोराको समेतको संलग्नता खुल्दै आए पछि यो प्रकारण थप पेचिलो बन्दै गएको छ।नक्कली शरणार्थीको विषयका कारण नेपालको छवि अन्तर्राष्ट्रिय समुदाय माझ विग्रने आकलन पनि धेरैले गरेका छन्।
भीआईपी हरुनै पक्राउ पर्न थाले संगै यो प्रकरणको मुख्य दोषी को भन्ने चासो सर्वत्र छ। सदैब भ्रस्टाचार विरूद चर्का भाषण गर्ने नेताका पाटिकै नेताहरु यस प्रकरणमा मुछिएपछी नेता र पाटीमा समेत नैतिक सङकट सिर्जना भएको छ।
राजनीतिका पद घारीहरु कस-कसलाई भयो कारवाही ?
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पक्राउ परेका पुर्व गृह मन्त्रि बालकृष्ण खाँणलाई भने हाल सम्म पाटीले कारवाही गरेको छैन। उनि पक्राउ परे संगै देउवाले बोलाएको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएका थिए।सोहि बैठकमा उनलाई निलम्बन गर्नु पर्ने माग उठेता पनि पक्राउ पर्नु नै दोषी ठहर हुनु नभएको भन्दै अदालतले दोषी करार गरेपछि मात्र खाड लाई निलम्बन गरिने जनाएको छ।
उता नेकपा एमालेका सचिब एवं अर्गखाची जिल्लाबाट निर्वाचित संघिय संसद सम्म रहेका टोप बहादुर रायमाझीलाई भने पाटीको पदबाट निलम्बन गरिसकेको छ। प्रहरिले पक्राउ पुर्जी जारि हुदा सम्म कुनै सार्वजनिक कार्यक्रममा सरिक रहेका उनि तेसपछी निरन्तर फरार रहदै आएका थिए।
टोप बहादुर रायमाझीलाई हिजो मात्र प्रहरीले बूढानिलकण्ठबाट पक्राउ गरेको हो। उनका छोरालाई समेत यहि प्रकरणमा अस अगी नै पक्राउ परि सकेका छन्।काग्रेसले दोषी ठहर नभई कारवाही नगर्ने भनि रहदा एमालेले भने टोप बहादुर फरार नै रहदा पाटीको पदबाट निलम्बन गरेको हो।
कस-कसलाई छ पक्राउ पुर्जी जारि ?
पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँले पूर्व गृहमन्त्री ‘बादल’का छोरा प्रतीक थापा विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।नक्कली भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको प्रकरणमा उनको पनि संलग्नता देखिएको भन्दै पक्राउ पुर्जी जारि गरिसकेको छ । हाल सम्म उनि पक्राउ भने परेका छैनन्।
नक्कली शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँले शेर्पा विरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।आङटावा शेर्पाले शरणार्थी प्रकरणमा पक्राउ थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग भेट गरेका थिए ।
भेटमा शेर्पाले आरोपीहरूलाई बयान गर्दा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको नाम नलिन आग्रह गरेको दाबि सहितका समाचार आईरहेका छन्। उनि पनि हाल सम्म पक्राउ परेका छैन्नन।हिजो मात्र पक्राउ परेका टोप बहादुरको बयान आजबाट सुरु भएको र आज नै उनलाई थप ४ दिन हिरासत राख्ने अनुमति प्रहरीले पाएको हुदा उनले यस प्रकरणमा थप आफ्ना सहयोगी कोहि छन् भनि कसैको नाम खुलाउछन या खुलाउदैनन त्यो भने प्रहरीको आगामी कादम बाट नै प्रस्ट हुनेछ।
अनुसन्धानलाई अब बडीमा १० दिन :
सङ्गठित अपराधसम्बन्धी मुद्दामा प्रहरीले अनुसन्धानका लागि ६० दिनको म्याद पाउँछ। प्रहरी प्रधान कार्यालयका अनुसार मुद्दा सुरु भएको ४९/५० दिन भइ सकेकाले अब छिट्टै मुद्दा दर्ता गरिने जानाकारी दिएका छन्।
सङ्गठित अपराधको मुद्दामा ६० दिन अगाडि नै सरकारी वकिलको कार्यालय मार्फत् अदालतमा मुद्दा पुर्याउनुपर्ने भएकाले अब पाँच-सात दिनभित्र सबै टुङ्ग्याएर अदालतमा लागि सक्ने छ। आरोपितहरू फरकफरक दिन र समयमा पक्राउ परेका भए पनि यो मुद्दामा अब १० दिन भित्र नै अनुसन्धान सकेर मुद्दा दर्ता हुनुपर्ने प्रहरी प्रधान कार्यालयले जानाएको छ।
हाम्रो देशमा यस अगि पनि थुप्रै भ्रस्टाचारका घटनाहरु भएका छन्। तर यो घटना हाल सालैको ताजानै हो। करिब १५० जना भन्दा बडिले आफुलाई अमेरिका लग्दिन्छु भन्दै ठगेको उजुरी परेपछी प्रहरीले अनुसन्धान अगी सारेको हो। प्रहरीले अनुसन्धान गर्दै जादा उच्च पदस्त व्यक्तिको संलग्नता र नक्कली भुटानी शरणार्थी बनाएर लैजाने गरि प्रकृया अगि बडाएको भेटिए पछी प्रहरीले सांगठनिक अपराघ अनुरुप रहेर प्रकरणको अनुसन्धान गरिरहेको छ।
प्रहरीले अनुसन्धानमात्र गरेको यस प्रकरणको बारेमा भए गरेका कुरा र प्र्गति संसदमै जानाकारी दिनुपर्ने भन्दै पटक पटक कुरा उठिरहेको छ। त्यो मात्र नभई विभिन्न आन्दोलत समेत हुन् थालेका छन्। कसैलाई उंमुक्ति नदिई कसुर बमोजिमको सजाय हुनु पर्ने आन्दोलनकारिको माग छ।यस प्रकरणको निक्स्पक्ष छानविन गर्नु पर्ने दबाबमा प्रचण्ड सरकार रहेको धेरैले आकलन गरिरहेका छन्। थप कसरी यो प्रकरण अगाडी बढ्छ भने हेर्न बाकि छ।