
काठमान्डौ/यात्री विद्युतीय मोटरसाइकल यातायात व्यवस्था कार्यालयमा दर्ता भएको छ । यसअघि आयातित सवारी साधन मात्र दर्ता हुने कानुन रहेकोमा सरकारले स्वदेशमा उत्पादित साधनलाई दर्ता गर्न मिल्ने गरी संशोधन गरेपछि यात्री दर्ता भएको हो ।
यात्री नेपालमै बनेर दर्ता हुने पहिलो सवारी साधन हो । यात्रुलाई डेलिभरी गरेको एक वर्षपछि बल्ल यात्री मोटरसाइकलको ब्लु बुक बनेर यातायात कार्यालयमा दर्ता भएको हो ।
गएको वर्षको मे १५ तारिखमा यात्रीले ग्राहकलाई पी–वन मोटरसाइकल डेलिभरी गरे पनि यातायात कार्यालयमा दर्ता हुन सकेको थिएन ।