सगरमाथा आरोहण सकेर फर्किने क्रममा फुर्वा शेर्पाको निधन

Share:

काठमान्डौ/सगरमाथा आरोहण सकेर फर्किने क्रममा एक जनाको मृत्यु भएको छ । नेपाली सेनाको सफा हिमाल अभियान-२०२३ अन्तर्गत आरोहण सकेर आधार शिविरतिर फर्किँदै गर्दा अभियानमा संलग्न सङ्खुवासभा निवासी फुर्वा शेर्पाको निधन भएको हो ।

 

नेपाली सेनाको सैनिक तथा जनसम्पर्क निर्देशनालयका अनुसार फुर्वाको शव उद्धार गर्ने प्रयास भइरहेको छ । त्यस्तै आरोहण गरी फर्किने क्रममा सहसेनानी दीपेन्द्रसिंह खत्री अस्वस्थ भएका थिए । उनलाई आरोहणमा संलग्न अन्य टोली समेतको सहयोगमा क्याम्प-२ सम्म ल्याएर थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

 

सहसेनानी खत्रीसँगै अरू तीन जनालाई पनि उपचारका लागि काठमाडौं ल्याइएको र हाल सबैको अवस्था सामान्य रहेको निर्देशनालयले जनाएको छ । प्रतिकूल मौसमका बाबजुद प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वमा हिमाल सफाइ अभियानको बाँकी काम सञ्चालन भइरहेको पनि निर्देशनालयले जनाएको छ ।

Share: