बढ्यो सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

Share:

काठमान्डौ/नेपाली बजारमा साताको पहिलो दिन आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर कारोबार भएको हो ।

 

आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । गएको शुक्रबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

 

आज तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले वृद्धि भएर कारोबार भएको छ । चाँदी तोलाको एक हजार ३८५ रुपैयाँमा कारोबार भएको भइरहेको महासंघले छ ।

Share: