
काठमान्डौ/आज प्रतिनिधी सभाको बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेमा अदक्क्ष केपी ओलीले नक्क्कली भुटानी शरणार्थी प्रकरणमा सरकार र मन्त्रि परिषदले छानविन निक्सपक्ष नगरेको र सरकारले अनुसन्धानलाई प्रभाब पारेको दाबि गरेका छन्। उनले केहि दिन अगि नै यस प्रकरबारे जानकारी गराउछु भनेता पनि जानकारी गराएका थिएनन। आज उनले सरकारको नीति कार्यक्रमलाई खण्डन गर्दै सरकारको कार्य र चर्चित प्रकरणमा सरकारले गठबन्धन निकटलाई आग्रह र गठबन्धन बाहिरका लागी पूर्वाग्रह राखेको आरोप लगाएका छन्। उनले सरकारलाई कोहि दोषी नउम्काउन र निर्दोष नफसाउन समेत आग्रहगरेका छन्।
बाघ भोकै मर्छ तर घास खादैन ओली म्याउ म्याउ गर्दैन ?
नक्कली शरणार्थी प्रकरणमा उनले भने ६७५५ जना पास भयो जम्मा त्यस मध्ये ४२९ को काडनै बनि सक्या थियो। यो पछिल्लो पल्ट बनेको आयोग / समिति बनेको छ। मेरो समयमा केहि पनि गाको छैन छानविन गर्नुस फेरी पनि , मेरो समयमा केहि गाको छैन एउटा समिति बनेछ। त्यो समितीले प्रस्ताब पठाएछ। मैले अध्यन गर्न भनेर राखे होल्ड गरे। त्यसलाई अध्यन गर्न सामाजिक समितिमा पठाए । मन्त्रिपरिषदको ,मलाई त पिङ्ग खेलाको खेलाई हुनुहुन्थ्यो कागज तिर हेर्ने समय नि थिएँ त्यसबेला , मुदा नै मुदा मामिला नै मालीमा , नारा नै नारा जुलुसै जुलुस , भिता टासिदिन्छु भन्या छ भुईमा पुर्याईदिन्छु भन्या छ , धुलोमा मिलाई दिन्छु भन्या छ। साचै मिलाउछन कि क्या ओ ,तेस्तो स्थितिमा हामीले केहि गरेनौ।
त्यसपछी सरकारले त्यसलाई अगाडी बढाउँन फिर्ता पठाएछ तर म सरकारमा नभए पनि त्यतिबेला सरकारले फिर्ता पठाएको मैले सुनेको छु। ति ओरजिनल खास भटानी शरणार्थी नै थिए। यो ४२९ जना जसलैई पठाएको थ्यो , तर त्यस पछिचै कागज फेरियो ,माथिको कभर चै उही राखियो ,तलको व्यक्तिहरुको सुची चै त्यो सुची परीवतन गर्ने को भन्दै प्रश्न गरेका छन्।खोज्न पर्दैन , तिन जना नेता भेट्दा खेरिमा दुईजना चै दुधमा नुहाएका मात्र हैन दुघ कुण्डमै नुहाएका अनि म चै गएर ल न मेरो मान्छे बचाईदेउ , यस्तो गर्देउ भनेर म्याउ म्याउ गर्न , केपी ओलीले अर्थोक गर्ला उनले भने बाघ भोकै मर्छ तर घास खादैन म्याउ म्याउ गर्दैन।
तेहा एमाले र केपी ओली लाई गालि गर्नमन लागेको छ। भन्दैमा हुदैन। म चुनौतीका साथ भन चाहान्छु , हामी सदैब भ्रस्टाचार विरूदमा छौ।प्रमाणित गर्नुस , दोषी नउम्कियोस ,कोहि भए पनि उम्कन नहुने एमाले पाटीको धारणा रहेको ब्यक्त गरे। तिन नेताको भेटघाट कानुन निर्माण र संसोधनका विषयमा छलफल भएको बताए। कोहि पनि नउम्कियोस र निर्दोश फसाउने कार्य बन्द गरियोस भनेका छन्। मन्त्रालयले हस्तक्षेप नगर्न आग्रह समेत गरेका छन्। उनले शरणार्थी प्रकरणमा सुरुमा पक्राउ परेका व्यक्ति छोडेको सरकारलाई आरोप लगाएका छन्।
केहि बेर अगि मात्र ओलीले संसदमा नीति तथा कार्यक्रमको खण्डन सकेका छन् । उनले यस प्रकरणमा ४ गते नै पत्रकार सम्मेलन गर्दै जानकारी गराउने भनेता पनि हाल सम्म नबोलेका ओली आज एकै पटक संसदलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
यो समाचार पढ्नु भयो ?