१२ जना निको हुँदा ४ जनामा कोरोना पुष्टि

127
0
Share:

काठमान्डौ/पछिल्लो २४ घण्टामा देशभर चार कोरोना संक्रमित थपिएका छन् । ७६८ वटा स्वाब नमुनाको परीक्षण गर्दा चारजनामा संक्रमण पुष्टि भएको हो ।

 

यो अवधिमा देशभर १२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ७० छ ।

 

अहिले तीन कोरोना संक्रमति अस्पतालमा उपचाररत छन् । तीमध्ये एक आईसीयू र एकजना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।

Share: