प्रधानाध्यापकले मागे विद्यार्थीले तिरेको बसभाडामै कमीशन (अडियोसहित)

Share:

काठमान्डौ/काभ्रेको धुलिखेल नगरपालिका वडा न २ को एक सामुदायीक विद्यालयका प्रधानध्यापकले विद्यालयमा संचालित बसको भाडाबाट पनि प्रधानाध्यापकले कमिशन बस ब्यवासाहीसंग लिने गरेको खुलेको छ। धुलिखेल वडा न २ मा रहेको सेतिदेवी माध्यमिक विद्यालयका प्रधानध्यापक धनबहादुर विष्टले विद्यार्थीहरुबाट बसभाडाको नाममा लिएको शुल्क रकममा नै बस धनीसँग मिलेर कमिसन खाने गरेको अडियो सार्वजनिक भएको छ । धुलिखेल २ रविमा रहेको एक मात्र सामुदायिक विद्यालय सेतिदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक धनबहादुर विष्टले विद्यार्थीहरुबाट बसभाडाको नाममा लिएको रकम बस धनीसँग मिलेर कमिसन खाने गरेको खुलेको हो ।

 

अडियो रेकर्डमा उल्नेख भए अनुसार यो शैक्षिक सत्रको लागि दैनिक ६ हजारमा बस भाडा सम्झौता भएको र त्यस मध्ये दैनिक ५ सय रुपैया प्रधानाध्यापकलाई दिने मौखिक सहमति भए अनुसार विष्टले दैनिक ५ सय रुपैयाँ कमिशन खाने गरेको खुलेको हो ।अघिल्लो शैक्षिक सत्रमा दैनिक ५ हजारमा बस भाडा सम्झौता हुँदा समेत दैनिक ५ सय रुपैया रकम लिएको समेत अडियोमा उल्नेख छ । (हामीलाई प्राप्त अडियो अघिल्लो शैक्षिक सत्र र यो बर्षको शैक्षिक सत्रको बस सञ्चालक विचमा भएको कुराकानीमा आधारित छ ।) यो हिसावमा विद्यालयका प्रधानाध्यापक धनबहादुर विष्टले आफ्नो तलब बाहेकनै मासिक १५ हजार रुपैया बस भाडा सम्झौता मार्फत कमिसन लिने गरेको देखिन्छ । यो बाहेकनै प्रधानाध्यापकले अन्य अनियमितता गरेको स्थानीय अभिभावकहरु बताउँछन् । बिद्यालयमा अनियमितता भएको भन्दै अभिभावकहरु २ पटक नगरपालिकामा “डेलिगेशन” गैसकेका छन ।

अडियो सहित :-

विद्यालयलाई बस सञ्चालन गर्न भनेर धुलिखेल नगरपालिका वडा नं २ बडा अध्यक्षमार्फत नगरपालिकाले अघिल्लो बर्ष ५ लाख रुपैया सहयोग गरेको थियो भने विद्यालयमा अध्ययनरत विद्यार्थीबाट ७ लाख ५० हजार (प्रति विद्यार्थी बार्षिक ३ हजार रुपैयाका दरले २ सय ५० विद्यार्थी) रुपैया उठाएको थियो । यसरी हेर्दा प्रति महिना १५ हजारको दरले १ बर्षमा १ लाख ८० हजार भन्दा बढि रकम प्रधानाध्यापकले बस धनीसँग बुझिसकेको अडियोमा जनाएअनुसार देखिन्छ ।स्मरण रहोस केही दिन अघि मात्र सोही बिद्यालयको प्रशासनिक भवनमा चोरी भएको थियो । अन्दाजी राती ११:०० बजेतिर भएको भन्दै प्रहरी समक्ष दिएको निबेदनमा उल्लेख गरेको परिणाम भन्दा बढी सामानहरु हराएको मुचुल्का प्रहरी मार्फत गराएपछि विद्यालयका प्रधानाध्यापकप्रति स्थानीयहरुले थप आशंका गरेका छन् ।

 

यस बारेमा विद्यालयका प्रधानाध्यापक धनबहादुर विष्टसँग कुरा गर्दा नियमानुसार वडा कार्यालय, बिद्यालय र बस धनी सँग सम्झौता गरेर चेक मार्फत भुक्तानी दिने गरेको बताउदै कमिसनको कुरा नरहेको बताए । “दुई तीन दिन देखि यो कुराहरु उठेका छन, मैले पनि सुने तर यसम म संलग्न छैन,-विष्टले भनेका छन् ।

 

 

Share: