
काठमान्डौ/नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् ।
मंगलबार नियुक्त भएको वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा शपथ लिएका हुन् ।
वनमन्त्री महतोलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री कुमारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मंगलबार महतो र कुमारीलाई नियुक्त गरी कार्यभार तोकेका थिए ।