लोसपा मधेश प्रदेशसरकारमा एक मन्त्रिसहित सहभागी

Share:

काठमान्डौ/एक मन्त्रालयसहित लोकतान्त्रिक समाजवादी पार्टी लोसपा मधेश प्रदेश सरकारमा सहभागी भएको छ ।मुख्यमन्त्री सरोजकुमार यादवले लोसपा सांसद रमेश प्रसाद कुर्मीलाई वन तथा वातावरण मन्त्री नियुक्त गरेको हुन् ।

 

तत्काल एक मन्त्रालयसहित आफूहरु सरकारमा सहभागी भएको लोसपा संसदीय दलका नेता अभिराम शर्माले जानकारी दिए ।उनका अनुसार साँझ ५ बजे नवनियुक्त मन्त्री कुर्मीले शपथ लिने छन् । कुर्मी पर्साको निर्वाचन क्षेत्र नम्बर–२ (ख)बाट निर्वाचित छन् ।

 

यसअघि सरकार बाहिर रहेका सत्ता गठबन्धन घटक कांग्रेस २ र एकीकृत समाजवादी १ मन्त्रालयसहित मंगलबार मधेश सरकारमा सहभागी भएका थिए ।

 

Share: