देन्डी शेर्पाले पुर्याए तेन्जिङ नोर्गे र सर एडमन्ड हिलारीको तस्बिर सगरमाथाको चुचुरोमा

Share:

काठमान्डौ/विश्वकीर्तिमानी पर्वतारोही लाक्पा देन्डी शेर्पाले तेन्जिङ नोर्गे र सर एडमन्ड हिलारीको तस्बिर विश्वको सर्वोच्च शिखर सगरमाथामा पुर्याएका छन् । मे २९ मा सगरमाथा आरोहणको ७० वर्ष पुगेको अवसरमा शेर्पाले तेन्जिङ र सर एडमन्डको तस्बिर विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुर्याएका हुन् ।

 

शेर्पाले तेन्जिङ र सर एडमन्डको तस्बिर जेठ ३ गते चुचुरोमा पुर्याएको जानकारी दिए । शेर्पाले जेठ महिनामा मात्रै दुई पटक सगरमाथाको सफल आरोहण गरेका छन् । उनले गत जेठ ३ र ८ गते सगरमाथाको आरोहण गरेका हुन् । योसँगै उनी ११औं पटक सगरमाथा पुगेका छन् ।

 

शेर्पाले सन् २०१८ को वसन्त ऋतुमा १० दिन १८ घण्टा ३० मिनेटमा ३ पटक सगरमाथाको सफल आरोहण गरेसँगै सबैभन्दा छिटो समय सगरमाथा चढेर गिनिज बुक अफ वल्र्ड रेकर्ड पनि राखेका छन् । शेर्पाले हालसम्म सगरमाथा, मनास्लु हिमाल, केटु, नंगा पर्वत, धौलागिरी, कञ्चनजंगा, ल्होत्से लगायत हिमालको सफल आरोहण गरेका छन् । साथै, नङ्गा पर्वत र मनास्लु हिमाल उनले विना अक्सिजन आरोहण गरी सकेका छन् ।

Share: