
काठमान्डौ/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले जिन्दगीभर भ्रष्टाचारविरोधी अभियान चलाउदै आएको बताउनु भयो ।पार्टीका स्थानीय तहका जनप्रतिनिधि अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले सधै भ्रष्टाचारको विरोधी भए पनि बदनाम गराउने खोजेको आरोप लगाउनु भयो।
उहाँले भन्नुभयो, ‘आज संसद अवरुद्ध भइरहेको छ । अस्तिका दिनमा एकजना माओवादी सांसदले बोल्दा कोभिडको औषधिमा दुई अर्ब केपी ओलीले खायो । पशुपतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको चढाएर भ्रष्टाचार गर्यो भनेर बोले । त्यसै विषयमा पुष्टि हुने कुनै आधार छैन । त्यसैले संसद अवरुद्ध हुनैपर्छ ।’