रुसको बेल्गोरोड क्षेत्रमा गोलाबारी : १ को मृत्यु, ३ जना घाइते

161
0
Share:

काठमान्डौ/युक्रेनी सशस्त्र सेनाले रुसको बेल्गोरोड क्षेत्रको शेबेकिनो जिल्लामा गरेको गोलाबारीमा एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका छन् ।

 

यस क्षेत्रका गभर्नर व्याचेस्लाभ ग्लाडकोभले शनिबार दिएको जानकारी अनुसार ‘एक व्यक्तिको मृत्यु भएको छ, उनी शहरको एक अपरेटिङ इन्टरप्राइजमा सुरक्षा गार्डका रूपमा कार्यरत रहेको बुझिएको छ ।’

 

घाइते हुनेमा दुई किशोर र एक वयस्क रहेको पनि गभर्नरले बताएका छन् । ‘दुई ठूला उद्योगको परिसरमा कैयौं गोला खसेको र आगोलागी भएको थियो । आपतकालीन सेवाहरूले क्षेत्रको निरीक्षण गरिरहेको छु, गभर्नरले भने ।
युक्रेनको खार्कोभ क्षेत्रको छेउमा अवस्थित बेल्गोरोड क्षेत्र हालै युद्धको केन्द्र बनेको छ ।

Share: