कांग्रेसकी नेतृ मिना पाण्डेको निधन

160
0
Share:

काठमान्डौ/नेपाली कांग्रेसकी नेतृ मिना पाण्डेको निधन भएको छ। पूर्वमन्त्री तथा पूर्वसांसद् समेत रहेकी पाण्डेको मंगलबार सर्लाहीमा निधन भएको हो।उनी गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा महिला मन्त्री थिइन्।

 

२०४८ र २०५१ मा प्रत्यक्ष निर्वाचित भएकी उनी २०७४ सालमा समानुपातिक तर्फबाट सांसद् बनेकी थिइन्। लामो समयदेखि स्वासप्रश्वास सम्बन्धि रोगले सताएको थियो।

Share: