
काठमान्डौ/संसद्मा आजदेखि सरकारको वार्षिक बजेटमाथि छलफल हुने भएको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।
बैठकमा अर्थमन्त्री डा। प्रकाशशरण महतले वक्तव्यसहित ‘आव २०८०र०८१ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट०माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
