एकीकृत समाजवादीका महासचिव भुसाललाई पितृशोक

126
0
Share:

काठमान्डौ/नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसाललाई पितृशोक परेको छ । उहाँका पिता जगन्नाथ भुसालको आज बिहान ९७ वर्षको उमेरमा निधन भएको हो ।

 

उच्च रक्तचाप, श्वासप्रश्वास, मधुमेहलगायत रोगबाट पीडित भुसाल केही सातादेखि उपचारका क्रममा रहनुभएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

 

तिलोत्तमा नगरपालिका–९ स्थित निवासमै निधन हुनुभएका भुसालका श्रीमती, चार छोरा र तीन छोरी हुनुहुन्छ ।

Share: