
काठमान्डौ/कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । आइतबार प्रदेश प्रमुख तिलक परियारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’ दिर्घकालिन सोच अनुरुप आर्थिक सम्पन्नता, सामाजिक न्याय, गरिबी निवारण, रोजगारी सृजना र उत्पादन लक्षित नीति तथा कार्यक्रम रहेको छ ।कर्णाली प्रदेशमा दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्दै सामाजिक, आर्थिक न्याय सहितको विकासका लागि स्वास्थ, शिक्षा, उत्पादन र रोजगार दिगो विकास र समृद्धिको लागि पूर्वाधार भन्ने नाराका साथ आव २०७८/०७९ को कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम गरिएको छ ।
प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख परियारले बार्षिक १० हजारलाई रोजगारी दिने उद्देश्य अनुरुप कर्णाली समृद्धिका लागि अभियान सञ्चालन गरिने बताए ।विगतदेखि कार्यान्वयमा रहेका मुख्यमन्त्री रोजगार कार्यक्रम, दलित रोजगार र मुख्यमन्त्री महिला आयआर्जन कार्यक्रमलाई परिमार्जन सहित निरन्तरता दिइएको छ भने प्रदेशलाई आर्गानिक प्रदेशको रुपमा विकास गरिने छ ।जेष्ठ नागरिक लक्षित गरि प्रदेश प्रमुख दन्त उपचार सेवा तथा देश दर्शन कार्यक्रम सञ्चालन गरिने बताए ।
स्थानीय स्थरमा न्यूनतम रोजगारी एवम् जीविकोपार्जनका लागि मुख्यमन्त्री रोजगार कार्यक्रमलाई प्रदेश विशेष कार्यक्रमको रुपमा निरन्तरता दिइने ।परम्परागत सीप, हस्तकला र प्रविधिलाई प्रवर्द्धन गरि युवालाई रोजगारीको अवसर सृजना गर्न सीपसँगै सहयोग कार्यक्रम सञ्चालन गरिने छ । एक जिल्ला एक उद्योग ग्राम स्थापना कार्यक्रमलाई निरन्तरता दिइने ।
स्थानीय कच्चा पर्दाथ प्रयोग गरी सञ्चालन गरिने नवप्रवर्तन एवम् सिर्जशील उद्यमशीलतालाई प्रोत्साहन गर्न घुम्ती वस्तु पूँजी कोष स्थापना एवम् परिचालन गर्ने ।कर्णाली प्रदेश सरकारले सुर्खेत विमानस्थल विस्तारको योजना पुनः ल्याएको बताए । पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले विमानस्थल विस्तारको च्याप्टर क्लोज गरेका थिए । विमानस्थल विस्तारका लागि संघीय सरकारसँग सहकार्य गरिने छ ।
साथै, नीति तथा कार्यक्रममा कृषि क्षेत्रमा परम्परागत कृषि प्रणाली निरुत्साहित गर्दै प्रतिस्प्रधात्मक, जलवायू अनुकल र उत्थानशील बनाई अर्गानिक प्रदेशको रुपमा विकास गरिने बताइएको छ ।कृषि अभियानलाई सफल पार्न स्थानीय तहको सहलगानीमा मल उत्पादन कारखाना स्थानपना गरिने । पशुपंक्षी विशेष क्षेत्र तोक्ने । कृषकलाई कलस्टरगत खेती तथा प्रोत्साहित गरिने योजना रहेको छ ।



