मदन राईविरुद्ध तीन वर्ष कैद सजाय माग गर्दै मुद्दा दायर

278
0
Share:

काठमान्डौ/खोटाङको दिक्तेलस्थित सुभद्रा मदन फाउन्डेसन (शुभम्का) संस्थापक मदन राईले बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोग लगाउँदै सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेको छ।

 

मदन राईविरुद्ध सरकारी वकिल कार्यालयले आइतबार मुद्दा दायर गरेको खोटाङ जिल्ला अदालतले जनाइएको छ । राईको थुनछेक बयान भोलि नै सुरु हुनेछ। खोटाङ जिल्ला सरकारी वकिल कार्यालयकी प्रमुख सङ्गीता न्यौपानेका अनुसार राईले बालबालिका ऐनको दफा ६६ को उपदफा ३ बमोजिमका विभिन्न कसुर गरेका छन्।

 

मदन राईले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा ३ ९क०, ९ग०, ९ङ० कसुर गरेकाले, दफा ६७, दफा ७२ र ७५ को ३ ९ख० अनुसार सजाय गर्न माग गरीको अदालतको भनाई छ ।

Share: