
काठमान्डौ/पिनासलाई डाक्टरी भाषामा साइनोसाइटिस भनिन्छ । साइनोसाइटिस भनेको नाक वरिपरिका पिनास ग्रन्थीहरू (साइनास) को इन्फ्लामेसन अथवा सुनिएर रातो र तातो भई दुख्ने हुनुनै पिनास हो ।
यी साइनस ग्रन्थीहरू नाकको वरिपरिका हड्डीहरूमा पाइने हावा भरिएका खोक्रा संरचनाहरू हुन् । साइनसले टाउकोलाई हलुका बनाउन, स्वरलाई स्पष्ट बनाउन, श्वासप्रक्रियामा सहजतापूर्वक श्वास लिन, अनुहारमा चोटपटक लाग्दा धेरै क्षति हुनबाट बचाउन सहयोग गर्ने कार्य गर्दछ । यी साइनसहरूमा प्राकृतिकरुपमा हावा भरिएको हुन्छ, तर यदि हावा भरिएको हड्डीको खोक्रो भाग सुन्निएर रातोतातो भई यसभित्र कफ जम्ने स्थिति नै पिनास साइनोसाइटिस हो ।
पिनास चार किसिमको हुन्छ ।
१ तीव्र पिनास
२ मध्यम पिनास
३ जीर्ण पिनास
४ आवर्तक तीव्र पिनास
तीव्र पिनासः पिनास ग्रन्थीहरूएकाएक सुन्निएर प्रदाहात्मक हुने र चार हप्ताभित्र आफै ठीक हुने पिनासलाई तीव्र पिनास भनिन्छ ।मध्यम पिनासः चार हप्ताभन्दा ज्यादा तर १२ हप्तासम्म लम्बिने पिनासलाई मध्यम पिनास भनिन्छ । जीर्ण पिनासः १२ हप्ताभन्दा लामो समयसम्म रहने पिनासलाई जीर्ण पिनास भनिन्छ । आवर्तक तीव्र पिनासः लामो एक वर्षमा चार वा धेरै पटक दोहोरिने तीव्र पिनासलाई आवर्तक तीव्र पिनास हो ।
के के हुन् पिनास हुनुका कारण ?
१. एलर्जी
२. नाकमा मासु पलाउनु
३.नाकको हड्डी बाङ्गिनु
४. नाक, कान, घाँटी र दाँतको सङ्क्रमण
५. .माथिल्लो श्वासमार्गको सङ्क्रमण
के के हुन् पिनासका लक्षणहरू
१ रुघा लाग्नु
२ टाउको भारी भएर दुख्नु
३ पिनासको गन्थ्रीको क्षेत्रमा दबाव दिँदा दुख्नु
४ स्वर परिवर्तन हुनु
५ नाकको वरिपरी वा आँखाको ठिक माथि पीडा हुनु
६ दाँत दुख्नु
७ गन्धग्रहण शक्ति कमजोर हुने
८ स्वाद लिने शक्ति कमजोर हुने
९ ज्वरो आउने
१० बेचैनी बढ्ने
११ नाकबाट सिंगान बग्नु
१३ घाँटी खसखसाउनु
१४ बढी थकान लाग्नु
१५ पटक पटक हाच्छुयु आउने
१६ अनुहार सुन्निने
पिनासबाट कसरी बच्ने उपाय
१ माकुराको जालो, फूलको पोलन, चिसो , ढुसी, धुवा धुलो घोडाको लिदि पशुको भुत्ला, पंक्षीको प्वाँख जस्ता चिजबाट टाढा रहने
२ ढुसी, झ्याउ, लेउ लाग्न सक्ने फर्निचर एवम् सामानहरूलाई नियमित सरसफाई गरिरहने
३ परफ्युम अत्तर आदिको बासना तथा दुषित हावा धुवा धुलो धुम्रपान नगर्ने
४ कोठालाई प्रकाश छिर्ने सक्ने उज्यालो र सफा राख्ने
६ जाडोको मौसममा कम तापमान, र आद्र हावामा पिनास ग्रन्थीहरूको संक्रमण हुनसक्छ । तसर्थ जाडोबाट बच्नुर्दछ ।
७ तनाव, अनिद्रा, डर, चिन्ता, उदासिनता र नैराश्यता आदिबाट पनि बच्ने
९ तलाउ, पोखरी खोला वा स्वीमिङपुलमा डुबेर नुहाउँदा नाकमा पानी पसि पिनास ग्रन्थीको संक्रमण हुनसक्छ । त्यसैले फोहोर पानी, हावाबाट बच्ने
१० मौसमी संक्रमणबाट बच्ने
११ नाक, कान घाट र दातको संक्रमणले भएकाहरूले यी संक्रमणलाई नियन्त्रण गर्ने
१२ जाडोमा निधारसम्म ढाकिने टोपी वा मङ्की क्याप लगाउने
१४ दैनिक ३–४ लिटर पानी पिउने
१५ नाकमा मासु पलाएएको, नाकको हड्डी टेडो भएको जस्ता समस्याको बेलैमा उपचार गर्ने
१६ नाकको सफाईमा विशेष ध्यान दिने
के के खाने ?
मसलाहरूको सेवनः पिनास भएकाहरूले तिक्ष्ण स्वाद र उष्ण गुण भएका मसलाहरूको सेवन गर्दा वेश हुन्छ । जस्तैः लसुन, प्इाज, तोरी, ल्वाङ, मरिच, कडीपत्ता वेसा, ज्वानो, सौफ, अदुवा जस्ता मसलाहरुको सेवन गर्दा पिनास भएका व्यक्तिलाई फाइदाजनक हुन्छ ।
अमला र भुईकटहरको सेवनले पनि पिनास नियन्त्रणमा राम्रो भूमिका खेल्दछ । खजुर, किसमिस, स्याउ, गैरअम्लिय ताजा फलफूल खाँदा पिनास भएको व्यक्तिलाई राम्रो गर्छ । पिनासको कारणले नाथ्री फुट्ने र रगत बग्ने अवस्था छ भने यी मसलाहरूको प्रयोग भने गर्नुहुन्न । तातो पानीको सेवन, प्रशस्त झोल पदाथएको सेवनतातो पानी र बेसार सेवन गर्नुपर्छ ।
के के नखाने ?
तारे–भुटेको, संरक्षित खाद्यान्न, कोल्ड ड्रिङ्क, स्टार्चयुक्त खाना, सेतो चीनी, मैदा, भात, समोसा, कचौरी, पकौडी, केक, पिज्जा, बर्गर, तिक्ष्ण मसाल, माछा, मासु अण्डा चिज, पनीर, बटर, दुध एवं दुग्धजन्य पदार्थको सेवन गर्नुहुन्न ।