कोशी प्रदेशमा माओवादीका दुई मन्त्रीले दिए राजीनामा

Share:

काठमान्डौ/कोशी प्रदेश सरकारमा माओवादीका तर्फबाट मन्त्री रहेका दुई जना मन्त्रीले राजीनामा दिएका छन् । भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईँ र पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन् ।

मङ्गलवार माओवादीले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका हुन् ।

‘कोशी प्रदेश सरकारमा मन्त्री भई कामकाजमा सहयोग गर्दै आएकोमा हाल बदलिएको राजनीतिक परिस्थितिका कारण नेकपा माओवादी केन्द्र पार्टीले तपाईँको नेतृत्वमा रहेको सरकारलाई समर्थन फिर्ता लिने निर्णय गरेकोले तपाईँको सरकारमा रही निरन्तरता दिन नसक्ने अवस्था सिर्जना भएकोमा आजको मितिबाट लागु हुने गरी मन्त्री पदबाट राजीनामा गरेको छु,’ उनीहरूको राजीनामा पत्रमा उल्लेख छ ।

Share: