सट्टापट्टाबारे अरूले नै निर्णय गरेका हुन्, कुनै दिन प्रमाण देखाउँछु : प्रधानमन्त्री प्रचण्ड

268
0
Share:

काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिपुलेक-लिम्पियाधुराको समस्या समाधान गर्न अरूले सट्टापट्टाबारे निर्णय नै गरेको बताएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा भारत भ्रमणबारे सांसदले उठाएको प्रश्नको प्रष्टीकरण दिँदै उनले त्यसबारे कुनै दिन प्रमाणै देखाउने बताएका छन् ।

 

‘नेपालको राष्ट्रको अहित यहाँ भयो भन्ने ठाउँ कहीँ छैन। साथीहरूले भन्नुभयो–सट्टापट्टा। मैले भनेकै होइन, मैले विगतदेखि यो तर्क पनि छ भनेँ, पत्रकारहरूसँग,’ उनले भने, ‘मैले अहिले ठ्याक्कै प्रमाण त देखाउन सकिनँ अहिले, सायद समय आउँछ, प्रमाण पनि देखाउँछु । अहिले जो-जो पार्टी नेताहरूले यो सट्टा भन्ने शब्द आँ‘पनि गर्नुहुन्थेन भन्नुभएको छ, उहाँहरूले सट्टाको निर्णय गराउनु भएको छ ।’

 

कुनै दिन समय आउने उनले बताए। भ्रमण र त्यहाँ भएको समझदारीप्रति आफूलाई गर्व नै भएको बताए।

Share: