गृहमन्त्री श्रेष्ठद्वारा माइतीघरका तीन असन्तुष्ट समूहसँग वार्ता

197
0
Share:

काठमान्डौ/गृहमन्त्री नारायणकाजी श्रेष्ठले माइतीघरमा आन्दोलनरत पक्षहरूसँग वार्ता गरेका छन् । भिन्न माग राखेर आन्दोलनरत तीन समूहसँग गृहमन्त्री श्रेष्ठले आज वार्ता गरेका हुन् ।

 

गृहमन्त्री श्रेष्ठले चुरे संरक्षणको माग गर्दै धर्नारत समूह, सहकारीपीडित र लघुवित्त विकासको माग गर्दै धर्नामा बसेका समूहसँग बुधबार दिउँसो भेटेर वार्ता गरेका हुन् । भेटका क्रममा गृहमन्त्री श्रेष्ठले आन्दोलनरत समूहका गुनासा सुनेका थिए ।

Share: