
काठमान्डौ/विद्युतको माग ह्वात्तै बढेको छ । गर्मी बढेसँगै विद्युतको माग हालसम्मकै उच्च भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । अहिले बिजुलीको माग २ हजार मेगावाटको हाराहारीमा रहेकोमा अघिल्लो वर्ष १७ सय मेगावाटसम्म माग भएको थियो ।
अहिले भएको मागमध्ये नेपालमै उत्पादन भएको साढे ११ सय मेगावाट र अरु भारतबाट आयात गरिएको प्राधिकरणको भनाई छ ।
गर्मीमा एसी, पङ्खा, फ्रिजलगायतका विद्युतीय उपकरणको प्रयोग अत्यधिक हुने भएकाले सुख्खा सिजन तथा गर्मी बढेपछि सहर र तराई क्षेत्रमा बिजुलीको माग बढेको प्राधिकरणले जनाएको छ ।