उडिरहेको जहाजमा चुरोट तानेपछि पक्राउ परे युवक !

263
0
Share:

काठमान्डौ/उडिरहेको जहाजमा चुरोट तानेको आरोपका एक युवक पक्राउ परेका छन् । प्रहरीले जहाजमा चुरोट तानेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापाका २८ वर्षीय सुवास पुरीलाई नियन्त्रणमा लिएको हो ।

 

बुधबार राति ७ बजे दक्षिण कोरियाबाट काठमाडौँ आएको कोरियन एयरलाइन्स ०६९५ नम्बरको फ्लाइटमा पुरीले जहाजभित्रै चुरोट तानेका थिए ।

 

एयरलाइन्सले प्रहरीलाई पत्रसहित कारबाही गर्न अनुरोध गरेपछि उनी पक्राउ परेका हुन् । पक्राउ परेका पुरीमाथि थप अनुसन्धान गर्न प्रहरी वृत्त गौशालामा पठाइएको छ ।

Share: