प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्व १९ उजुरी, बहालवाला न्यायाधीशदेखि वकिल र कर्मचारीसम्मका उजुरी

142
0
Share:

काठमाडौं/ प्रधानन्यायाधीश सिफारिस भएका हरिकृष्ण कार्कीविरुद्ध संसदीय सुनवाइ समितिमा बिहीबारसम्म १९ वटा उजुरी परेका छन्। शुक्रबार ३ बजेसम्म उजुरी दर्ता गराउने समय ताेकिएकाे छ। संसदीय सुनवाइ समितिको जेठ १६ गते बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस कार्कीविरुद्ध उजुरी माग्ने निर्णय गरेको थियो। सुनुवाइ समितिले कार्कीविरुद्ध उजुरीका लागि दिएको समय सकिनुअघि बहालवाला जिल्ला न्यायाधीशसहित अन्यले उजुरी दिएका छन्। उजुरीमाथि छलफल गर्न सुनुवाइ समितिकाे बैठक आइतबार बस्दैछ।

 

आइतबार बस्ने सुनवाइ समितिको बैठकमा कार्कीविरुद्ध परेका उजुरी खोल्ने र सांसदहरुलाई वितरण गर्ने समितिले जनाएकाे छ। समितिले सुरुमा उजुरीकर्तालाई बोलाउने तयारी गरेकाे छ। उजुरीकर्ताकाे कुरा सुनेपछि कार्कीकाे कुरा सुन्ने समितिकाे तयारी छ। विगतकाे अभ्यास पनि यस्तै रहेकाे छ।
उजुरीकर्ताकाे छलफलपछि प्रस्तावित प्रधानन्यायाधीश कार्कीलाई कुन दिन बोलाउने भन्ने टुङ्‍गो लगाउने समितिले जनाएकाे छ।

 

१९ वटा उजुरीमध्ये एक बहालवाला न्यायाधीश श्रीकृष्ण भट्टराईसहित पाँच जना कानुन व्यवसायीले संयुक्त रुपमा तीन वटा उजुरी दिएका छन्।त्यसैगरी सर्वोच्चका एक कर्मचारीले समेत यस पटक कार्कीविरुद्ध उजुरी हालेका छन्। त्यसबाहेक केही नयाँ र केही सधैं उजुरी हालिरहने व्यक्तिहरले कार्कीविरुद्ध उजुरी दिएको समितिले जनाएको छ।संवैधानिक परिषद्‍ले कायमुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो। संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।को उचाइमा रहेको छ ।

 

Share: