सहश्राव्दी पदमार्गका सम्भावनालाई उजागर गर्न जोड

Share:

काठमान्डौ/सहश्राव्दी पदमार्ग(मिलेनियम ट्रेक) का विविधतालाई पर्यटनसँग जोड्नुपर्नेमा जोड दिइएको छ ।मिलेनियम ट्रेक व्यवस्थापन समितिको आयोजना एवम् नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा शुक्रबारदेखि सुरु सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) को पुनः प्रवद्र्धन एवम् बजारीकरण कार्यक्रममा वक्ताहरूले पदमार्गका विविधतालाई अपेक्षित रुपमा पर्यटनसँग जोड्न नसकिएको बताए ।

 

कार्यक्रमको शुभारम्भ गर्दै शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्ण पण्डितले पदमार्ग क्षेत्रमा रहेका धार्मिक एवम् ऐतिहासिक स्थलहरूको संरक्षणसँगै प्रवद्र्धन गरी तिनीहरूलाई पर्यटनसँग् जोड्नु अपरिहार्य भएको बताउनुभयो ।सहश्राव्दी पदमार्ग अन्तर्गत धेरै भूभाग शुक्लागण्डकी नगरपालिकामा पर्ने बताउँदै उहाँले तिनीहरूको संरक्षण र विकास सँधै नगरपालिकाको प्राथमिकतामा पर्ने बताउनुभयो ।

 

शुक्लागण्डकी नगरपालिका वडा नं ४ का वडा अध्यक्ष राजकुमार वाग्लेले पदमार्ग शुरु हुने स्थान रक गार्डेनदेखि पदमार्गका धेरै स्थानहरू अझै पनि पर्यटकीय रुपमा उजागर हुन नसकेको बताउनुभयो ।भूगोल विषयका सहप्रा. डा. रामजीप्रसाद पोखरेलले १३ वर्ष अघि सहश्राव्दी पदमार्गको नक्साङ्कन भएको बताउँदै यसको पुनः स्थान विस्तार एवम् नक्साङ्कन अद्यावधिक गर्न लागिएको् बताउनुभयो । विभिन्न उमेर समुहका पदयात्रीलाई सहज हुने यस मध्यपहाडी पदमार्गमा जैविधिक एवम् सांस्कृतिक विविधतापूर्ण परिवेश भएकोले पर्यटकीय गन्तव्यको सम्भावना रहेको उल्लेख गर्नुभयो ।

 

ढोरमुलकोट दरबार व्यवस्थापन समितिका अध्यक्ष एवम् मिलेनियम टे«क व्यवस्थापन समितिका सदस्य विक्रम खाँडले तीन सय वर्ष पुरानो दरबारको संरक्षण कार्य भैरहेका पनि गर्नुपर्ने धेरै रहेको बताउनुभयो ।ढोरमुलकोट दरबारलाई अपेक्षित रुपमा अझै उपयोग हुन नसकेको उहाँले बताउनुभयो ।सहश्राव्दी पदमार्ग व्यवस्थापन समितिका महसचिव हर्क गुरुङले पदमार्ग क्षेत्रमा ऐतिहासिक दरबारहरूका साथै पर्याप्त विविधता रहेको बताउनुभयो । पदमार्ग क्षेत्रको कुल ७२ किलोमिटरमा ५२ किलोमिटर बनजंगल रहेको बताउँदै उहाँले यसको पर्यटकीय रुपमा उपयोग हुनुपर्ने बताउनुभयो ।

 

पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमिरेले चरा पर्यटनका लागि पनि सहश्राव्दी पदमार्ग उत्कृष्ट गन्तव्य भएको बताउँदै यस क्षेत्रमा पाइने चराचुरुङ्गी लगायतका विषयलाई समेटेर पुस्तक प्रकाशन गरिने जानकारी गराउनुभयो ।ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल(टान) गण्डकीका सदस् दीपकप्रसाद सापकोटाले सहश्राव्दी पदमार्गको बजारीकरणमा टानले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

 

रजस्थल सामुदायिक होमस्टेका सचिव डिलश्री गुरुङले होमस्टे र ढोरमुलकोट दरबारलाई अपेक्षित रुपमा अझै जोड्न नसकिएको बताउनुभयो । पछिल्लो समयमा बढ्दो बसाइँसराइँ लगायतका समस्याले होमस्टेमा जनशक्ति व्यवस्थापन समस्या रहेको उहाँले बताउनुभयो ।

 

Share: