बलात्कार आरोपमा उच्च अदालत वीरगन्जका अधिकृत पक्राउ

Share:

काठमान्डौ/उच्च अदालत वीरगन्जमा कार्यरत अधिकृत नारायण प्याकुरेल पक्राउ परेका छन् । २२ वर्षीय किशोरीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा विराटनगरबाट अधिकृत प्याकुरेललाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

 

डिएसपी दाहालले भने,‘जेठ २४ गते उहाँलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएका छौँ ।’ राति किशोरीको घरमा नै गएर जबरजस्ती करणीको प्रयास गरेको जाहेरीका आधारमा अधिकृत प्याकुरेललाई पक्राउ गरेको डिएसपी दाहालले बताए ।

 

प्याकुरेलविरुद्ध जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता भएको छ।

Share: