
काठमान्डौ/गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन माग गर्दै सुदूरपश्चिम प्रदेशसभा सचिवालय घेराउ गरिएको छ ।
विश्वविद्यालय बनाउन माग गर्दै आन्दोलित भएको सङ्घर्ष समितिले सोमबार दिउँसो प्रदेशसभाको मूल गेट अगाडि धर्ना दिँदै घेराउ गरेका हुन् ।
प्रदेशसभा घेराउ गरिएपछि दिउँसो ३ बजे बस्ने बैठकमा सहभागी हुने प्रदेशसभा सदस्यहरू पछाडिको गेटबाट सभा परिसरमा पुगेका छन् ।