स्वर्गद्वारी दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्रीको गाडी दुर्घटना, ८ जनाको मृत्यु

Share:

काठमान्डौ/स्वर्गद्वारीमा कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । स्वर्गद्वारी दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्रा बोकेको कार दुर्घटना भएको थियो । लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारी नगरपालिकाको भिगृ नजिकै टाकुरामा दुर्घटना हुँदा कारमा सवार ८ जनाकै मृत्यु भएको जिल्ला अस्पताल प्युठानले जनाएको छ ।

अस्पताल ल्याइपुर्‍याउँदा सबैको ज्यान गइसकेको अस्पतालले जनाएको छ । उनीहरूको सनाखत हुन भने बाँकी छ ।

Share: