खुकुरी प्रहार गरी भाइले गरे दाइको हत्या

199
0
Share:

काठमान्डौ/काठमाडौँको टेकुमा एक व्यक्तिले आफ्नै दाइको हत्या गरेका छन् । २५ वर्षीय सुरज शाक्यले आफ्नै ४५ वर्षीय दाइ सूर्य शाक्यको खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

 

मदिरा सेवन गरी घर आएका दाइ सूर्यले आमालाई गालीगलौज गर्न थालेपछि भाइ सुरज शाक्यले धारिलो हतियार प्रहार गरी रातको करिब १२ बजे दाइको हत्या गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।

 

उनका अनुसार कुखुरी प्रहार लगत्तै भाइले दाइको कोठाको बत्ती निभाएर माथिल्लो तलामा गएर सुतेका थिए । घटनाबारे परिवारका सदस्यहरूलाई राती नै थाहा भएको भएपनि प्रहरीलाई भने बिहान मात्रै जानकारी दिएको थियो ।

हत्यापछि फरार भएका भाइ सुरजलाई प्रहरीले बाङ्गेमुढाबाट नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Share: