गाडीकाे ठक्करबाट एक बालककाे मृत्यु , चालक फरार

Share:

काठमान्डौ/सिन्धुपाल्चोकको हेलम्बुमा आईचर गाडीकाे ठक्करबाट एक बालककाे मृत्यु भएको छ ।हेलम्बु गाउँपालिका ४ स्थित ग्याल्थुम मेलम्ची -हेलम्बु सडक खण्डमा गाडी ब्याक गर्ने क्रममा बा ४ ख ८७ नंम्बरकाे निलो आईचरले ठक्कर दिँदा ८ बर्षीय बालक सनिस तामाङकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

मृतक बालक मराम्चेका स्थानीय श्याम बहादुर तामाङको छोरा हुन् । गाडीको ठक्करबाट गम्भीर घाइते बालककाे मेलम्ची नगर अस्पतालमा उपचारको क्रममा बिहान ९ बजे मृत्यु भएको हाे ।घटना लगत्तै गाडी चालक बिजय तामाङ फरार भएका छन् । आईचरलाई अस्थायी प्रहरी पाेष्ट शेराले नियन्त्रणमा लिएको छ । फरार चालककाे खाेजी भईरहेको प्रहरीले जनाएको छ ।

 

Share: