नागरिकता विधेयकमा अन्तरिम आदेश खारेज भएन, अर्को सुनुवाइ असार ३ गते

226
0
Share:

काठमान्डौ/राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठ १७ गते प्रमाणीकरण गरेको नागरिकता विधेयकका सन्दर्भमा परेको रिटमाथि मंगलबार सुनुवाइ भएको छ। अर्को सुनुवाइ असार ३ गतेका लागि तोकिएको छ।सो मुद्दा न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलासमा परेको थियो।

 

रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले जेठ २१ मा ऐन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो। मनोजकुमार शर्माको इजलासले सो आदेश दिएको थियो।त्यस्तै, जेठ २६ गते प्रकाशमान सिंह राउत र सुष्मालता माथेला इजलासले मन्त्रिपरिषद्को सिफारिसको प्रमाणित प्रतिलिपि र राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण गर्ने निर्णयको प्रमाणित प्रतिलिपि झिकाउन आदेश दिएको थियो।

 

राष्ट्रपति पौडेलले जेठ १७ मा विधेयक प्रमाणीकरण गरेपछि वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले जेठ १९ गते त्यसविरुद्ध सर्वोच्चमा रिट दर्ता गरेका थिए।

 

Share: