जिरीको पर्यटन प्रवर्द्धन गर्न काठमान्डौ टु जिरी बुलेट यात्रा (फोटोफिचर)

Share:

काठमान्डौ/दोलखाको जिरीमा पर्यटन प्रवर्द्धनका लागि बुलेट र्‍याली आयोजना गरिएको छ । नेपाल बुलेट हाउसको आयोजना र पर्यटन प्रवर्द्धन मञ्च नेपालको सहयोगमा र्‍यालीको आयोजना गरिएको हो ।

 

नेपालको स्विट्जरल्याण्ड भनेर चिनिने जिरीको प्रवर्द्धन गर्न ‘जिरी घुम्न जाऔँ फिरिरी’ भन्ने मूल नाराका साथ तीन दिने बुलेट र्‍याली आजदेखि सुरु भएको हो । र्‍यालीमा दुई दर्जनबढी बुलेट राइडरहरू तीन दिने कार्यक्रमका लागि आज जिरीतर्फ लागेका छन् ।

 

काठमाडौंदेखि १८८ किलोमिटरको दुरीमा रहेको जिरीमा बुलेट र्‍याली आजै पुग्ने र जिरी नगरपालिकाले स्वागत गर्ने नेपाल बुलेट हाउसका सञ्चालक रमेश कार्कीले बताए । शनिबार जिरी सेरोफेरो घुमेर र्‍यालीमा सहभागी राइडरहरु आइतबार काठमान्डौ फर्किनेछन् ।

 

र्‍यालीले जिरीको पर्यटन उकास्न टेवा पुर्‍याउने जिरी घुम्न जाऔँ फिरिरी अभियानका अभियन्ता तथा पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्ष लिला खड्ले बताए ।

Share: