
काठमान्डौ/नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतले १६ जनालाई थुनामा पठाउन आदेश दिएको छ ।
उनीहरूलाई सुन्धारास्थित केन्द्रीय कारागारमा पठाइने छ । यसअघि काठमाडौं परिसरसहित विभिन्न ठाउँमा राखिएको थियो ।
अभियुक्तमध्ये लक्ष्मी महर्जनलाई ५ लाख र टङ्क गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न र बाँकीलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिइएको हो । यो मुद्दामा १२ जना भने अझै फरार छन् ।



