सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

299
0
Share:

काठमान्डौ/साताको पहिलो दिन आज आइतबार सुन–चाँदीको मूल्य बढेको छ। गत शुक्रबार प्रतितोला आठ सय रुपैयाँले बढेको सुनको मूल्य आज प्रतितोला दुई सय रुपैयाँ बढेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार दुई सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

 

त्यस्तै, आइतबार चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । गत शुक्रबार प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share: