
काठमान्डौ/काठमाडौं महानगरपालिकाले भोलिदेखि महानगरभित्र भारतीय फिल्मको प्रदर्शन रोक्ने तयारी गरेको छ । भारतीय चलिचित्र ‘आदिपुरुष’ मा भएको विवादित संवाद भारतमा नहटाइएपछि महानगरका हलहरूबाट सबै भारतीय फिल्म रोक्ने तयारी गरेको महानगरले जनाएको छ ।
काठमाडौंका मेयर बालेन शाहले गत शुक्रबार सूचना तथा प्रविधि मन्त्रालयलाई पत्र लेखेर कुटनीतिक तहबाट भारतमा पनि उक्त अंश हटाउन लगाउन आग्रह गरेका थिए तर पत्र लेखेको तीन दिन बितिसक्दा पनि भारतमा प्रदर्शन भइरहेको उक्त विवादित अंश नहटाइएपछि भोलिदेखि भारतीय फिल्म प्रदर्शनमा महानगरले रोक लगाउने तयारी गरेको हो ।
बालेनले उक्त विवादित अंश नेपालमा मात्र नभई भारतमा समेत तीन दिनभित्र हटाउनु पर्ने र नहटाए महानगरभित्र सबै भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने चेतावनी दिएका थिए ।