सिँचाइ विभागका पूर्वमहानिर्देशक भण्डारी विरुद्द भ्रष्टाचार मुद्धा दायर

146
0
Share:

काठमान्डौ/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागका पूर्व महानिर्देशकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । तीन करोड ५७ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरुद्ध विशेष अदालत काठमाडौँमा आज मुद्धा दायर गरिएको हो ।

स्रोत नखुलेको सम्पत्ति गैरकानुनी रूपमा आर्जित भएको दाबी गर्दै अख्तियारले त्यसैलाई बिगो कायम गरेर अदालतमा मुद्दा दायर गरेको हो । राजभण्डारी सार्वजनिक सेवामा प्रवेश गरेको ३० फागुन ०५१ देखि ३१ भदौ ०७९ सम्मको आम्दानी र खर्चको अख्तियारले विश्लेषण गर्दा उक्त अवधिमा उनको वैधानिक आय तीन करोड ८५ लाख ५१ हजार सात सय ४१ रुपैयाँ देखिएको आरोपपत्रमा उल्लेख छ । सोही अवधिमा उनको खर्च तथा लगानी सात करोड ४२ लाख २९ हजार छयासी रुपैयाँ देखिएको थियो ।

कुल वैधानिक आयलाई कुल व्ययसँग तुलना गर्दा आयभन्दा तीन करोड ५६ लाख ७७ हजार तीन सय ४६ रुपैयाँको वैधानिक स्रोत पुष्टि हुन नसकेको आरोपपत्रमा उल्लेख छ ।

स्रोत नखुलेको गैरकानुनी सम्पत्ति पत्नी दीपा श्रेष्ठको नाममा जग्गा, घर निर्माण, कम्पनी लगानी, बिमा प्रिमियम भुक्तानीलगायतमा लगानी गरेको भेटिएपछि बिगो जफत प्रयोजनका लागि उनलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।

Share: