सांगीतिक जोडी अर्जुन, दुर्गालाई पुत्रीलाभ

Share:

काठमान्डौ/सांगीतिक जोडी अर्जुन पोखरेल र दुर्गा पोखरेललाई पुत्रीलाभ भएको छ। सोमबार टोखास्थित ग्राण्डी अस्पतालमा दुर्गाले छोरीलाई जन्म दिएकी हुन्। सामाजिक सञ्जाल फेसबुकमार्फत अर्जुनले पुत्रीलाभको जानकारी दिएका थिए ।

 

आफू र पत्नीको नामबाट उनले छोरीको नाम अदिरा राखेका छन् । छोरीको स्वागतको खुसीमा अर्जुनले लेखेका छन्,‘आज इन्टरनेसनल फादर्स डेको दिन मैले बुवा बन्ने सुनौलो अवसर प्राप्त गरें । यो अवसरको लागि मेरी प्यारी जीवनसंगिनी दुर्गा खरेललाई धन्यवाद । मामु बनेकोमा बधाई दिन चाहन्छु । हाम्री प्यारी छोरी ९अदिरा०लाई यो संसारमा स्वागत गर्न पाउँदा धेरै खुसी लागेको छ ।’

 

उनले शल्यक्रियामा सघाउने चिकित्सक टोलीलाई पनि धन्यवाद दिएका छन् । उनीहरुले कोभिडको समयमा बुढानीलकण्ठमा विवाह गरेका थिए । गत महिना फ्यानलाई यसबारे जानकारी दिंदै उनले दुर्गाको बेबीबम्पसहितको प्रेग्नेन्सी फोटोसुट गरेका थिए ।

Share: