नेप्से परिसूचक १४ अंकले घट्यो

170
0
Share:

काठमान्डौ/साताको चौथो दिन आज नेप्से बजार दोहोरो अंकले ओरालो लागेको छ । नेप्से परिसूचक १४.०५ अंकले घटेर २०५०.७८ बिन्दुमा कायम भएको छ ।

 

अघिल्लो कारोबारका दिन नेप्से बजारमा ४ अर्ब बढिको कारोबार भएको थियो । आज ८६ लाख ५१ हजार १६४ कित्ता शेयरको खरिदबिक्री हुँदा ३ अर्ब ४९ करोड ६८ लाख २२ हजार २६० रुपैयाँको कारोबार भएको छ भने कारोबार रकम पनि घटेको छ ।

 

कारोबारका आधारमा आज शिभम सिमेन्टस २३ करोड ६ लाख ४१ हजार ३२७ रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ । त्यस्तै, सिटि होटल्स र सोल्टी होट्ल्सले सर्वाधिक नाफा कमाएका छन ।

 

त्यसैगरी, उपसमूतर्फ ४ वटा समूह बाहेक बाकि ९ वटै समूहको सेयर मुल्य घटेको छ ।

Share: