पूर्व बैंकर अनिल शाह रास्वपा प्रवेश

251
0
Share:

काठमान्डौ/पूर्व बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । बिहीबार पार्टी कार्यालय बालाजुमा रास्वा अध्यक्ष रवि लामिछानेले उनलाई स्वागत गरेका छन् ।

 

रास्वपाले आज दिउँसो १ बजेदेखि चियापान कार्यक्रम आयोजना गरेको छ । उक्त चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, विभिन्न दलका अध्यक्ष तथा सभापति, कूटनीतिक नियोगका प्रमुख, निजी क्षेत्रका संघ संस्थाका प्रमुख लगायतलाई आमन्त्रण गरिएको छ ।

 

गत वर्ष असार ७ गते स्थापना भएको रास्वपाले यही असार १ गतेदेखि साताव्यापी वार्षिकोत्सव मनाउँदै आएको छ ।

Share: