सांसदको प्रश्न नबुझेपछि प्रचण्डले भने ‘पुन: प्रश्न भन्नुहोस्’

233
0
Share:

काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधि सभा बैठकमा सांसदको प्रश्नोत्तर दिने कार्यक्रम रहेको थियो । सोही क्रममा उनले सांसद्हरुको प्रश्नोत्तर दिने क्रममा प्रधानमन्त्री कार्यालयले पर्याप्त तयारी नगरेको स्वीकार गरेका छन् । पटक-पटक सांसद्को उत्तर दिन अलमलिएका प्रधानमन्त्रीले आफ्नो कार्यालयले पर्याप्त तयारी नगरेको बताउँदै आफ्नो कमजोरी स्वीकारेका हुन् ।

 

उनले प्रश्नकै क्रममा कांग्रेस सांसद अम्बिका बस्नेतलाई पुन: प्रश्न राख्न अनुरोध गरेका थिए । पूर्वमन्त्री समेत रहेकी बस्नेत चर्चित कांग्रेस नेता पनि हुन् । तर, प्रधानमन्त्रीले उनको प्रश्न नबुझेपछि बस्नेतलाई पुन: प्रश्न गर्न अनुरोध गरेका थिए ।

 

उत्तरकै क्रममा प्रधानमन्त्रीले आफ्नो  तयारीमा कमजोरी देखिएको स्वीकार गरे ।

Share: