पाँच दिनदेखि अनशनरत उपप्राध्यापक चलाउनेले तोडे अनशन

203
0
Share:

काठमान्डौ/त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले अनशन तोडेका छन् । पाँच दिनदेखि अनशनरत चलाउनेलाई चितवनकी होम कुमारी बरालले दही खुवाएर अनशन तोडाएकी हुन् । चलाउनेमाथि कुटपिट हुँदा होम कुमारीले नै बचाएकी थिइन् ।

 

उनी पाँच दिनदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि अनशन बस्दै आएका थिए । सर्वोच्च अदालतले बिहीबार चलाउनेमाथि आक्रमण गर्नेहरु विरुद्धको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्नू भनी आदेश दिएको थियो । त्यसैले आफूले अनशन स्थगित गरेको चलाउनेले बताए ।

 

चलाउनेलाई आक्रमण गर्ने नेविसंघका कार्यकर्ताहरु विरुद्धको मुद्दा फिर्ता लिने निर्णय मन्त्रिपरिषद बैठकले गरेपछि चलाउने त्यसको विरोधमा उनी अनशन बसेका थिए ।

Share: