वीर अस्पतालका ७ सय शय्या शुक्रबारदेखि निःशुल्क

138
0
Share:

काठमान्डौ/वीर अस्पतालमा आज (शुक्रबार) देखि बिरामीका लागि निःशुल्क शय्याको व्यवस्था गरिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी परिषद्ले आजदेखि बिरामीका लागि ७ सय साधारण शय्या निःशुल्क गर्ने निर्णय गरेको हो ।

 

अस्पतालका अनुसार ७ सय साधारण शय्या निःशुल्क गरिएको छ । मन्त्रालयको पहलमा शय्याबापत आउने पैसाको शोधभर्ना गर्ने गरी सर्वसाधारणका लागि निःशुल्क गरिएको छ । यसअघि शय्यामा प्रतिदिन २ सय रुपैयाँ शुल्क लाग्ने गरेको थियो। अस्पतालमा क्याबिन, सघन उपचारकक्ष (आइसियू) गरी ९६० शय्या रहेका छन् ।

Share: