देशैभर फैलियो मनसुन : आज बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

165
0
Share:

काठमान्डौ/नेपालमा मनसुनी वायु र भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ। आज (शनिबार) बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

अहिले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघरगर्जनरचट्याङ्गसहित वर्षा भइरहेको बुलेटिनमा उल्लेख छ । शनिबार दिउँसो देशभर सामान्य बदली रहनेछ ।

 

देशभर केही स्थानहरूमा मेघरगर्जनरचट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

त्यस्तै, आज राति देशका धेरै स्थानहरूमा मेघरगर्जनरचट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एकरदुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

 

Share: