दाङमा चट्याङ लागेर केसी र चौधरीको मृत्यु

Share:

काठमान्डौ/दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । शनिबार साँझ साढे ६ बजे परेको चट्याङ लागेर दंगीशरण गाउँपालिका-६, बागरका ३२ वर्षीय समीर केसी र वडा-३, चखौराका ३७ वर्षीय रामनारायण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरीक्षक वीर बहादुर वलीले जानकारी दिए ।

 

उनका अनुसार केसी घाँस काट्न गएको बेला र चौधरी बारीमा तरकारी टिप्न गएको बेला चट्याङ लागेको थियो । दुवैको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका राखिएको छ ।

Share: