
Warning: A non-numeric value encountered in /home/nepalbaa/lekhanpeeth.com/wp-content/themes/the-rex/inc/libs/bk_core.php on line 715
0
काठमान्डौ/अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली जलहरीको अनुगमनमा आउने भएपछि पशुपतिनाथ मन्दिर खाली गराइएको छ । मन्दिर क्षेत्रमा पूजाआजा गर्न गएका भक्तजनलाई बाहिर निकालेर पशुपतिका सबै ढोका लगाइएको छ ।
जलहरी राख्दा भ्रष्टाचार भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिर जान लागेको हो । पशुपतिनाथ मन्दिरको जलहरीबारे अनुसन्धान गर्न पुगेको अख्तियारको टोलीले आरती कार्यक्रम सकिएपछि मात्रै जलहरी जोख्ने भएको छ ।
पशुपति मन्दिर क्षेत्रमा नेपाली सेना पनि खटिएको छ ।
सुनको जलहरी राख्दा निर्धारित तौल भन्दा कम तौलको राखेर भ्रष्टाचार गरेको आरोप छ ।