सन्दीप लामिछाने विरुद्धको मुद्धामा आज क्षतिपूर्ति बारे सुनुवाइ

182
0
Share:

काठमान्डौ/नेपाली क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ । आज जिल्ला अदालत काठमाडौँमा वादी पक्षले माग गरेको क्षतिपूर्तिको मुद्दा बारे सुनुवाइ हुन लागेको हो । यस अघिको १० लाख क्षतिपूर्तिको मागलाई अदालतले खारेज गरेको थियो ।

 

उक्त माग खारेज भए पनि सर्वोच्च अदालतले पीडित राहतकोशमार्फत् क्षतिपूर्तिको विषय सम्बोधन गर्नुपर्ने जनाएपछि वादी पक्षले क्षतिपूर्ति माग गर्दै पुनः जिल्ला अदालत काठमाडौंमा निवेदन दिएको थियो ।

 

उनीहरूले करिब ३६ हजार बराबरको माग गरेपछि अदालतले पीडितले उपचार गरेको अस्पताललाई पत्र पठाउँदै खर्च विवरण माग गरेको थियो । जिल्ला अदालत काठमाडौँले माग गरेबमोजिम अस्पतालको प्रतिवेदन प्राप्त गरेपछि आजका लागि सुनुवाइ तोकिएको हो ।

Share: